सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिकास थापाको नेपाली टेलिचलचित्र “जिन्दगीको उठिबास”ले गर्यो भाग १३ सार्वजानिक( भिडियो सहित )

काठमाडौं । सामाजिक कथावस्तुमा आधारीत नेपाली टेलिचलचित्र “जिन्दगीको उठिबास”भाग तेह्र सार्वजानिक भएको छ ।
मनोरन्जन र सामाजिक जनचेतनालाई संग संगै अगाडी बढाउने कथालाई दर्शकसामु पस्केर मन जित्न यो नेपाली टेलिचलचित्रमा निर्देशक तथा निर्माता, युवा ब्यवसायी,मोडल,कलाकार बिकास थापामगरले निकै मेहेनत गरेका
बहु प्रतिभाकाधनि, युवा ब्यवसायी तथा मोडल बिकास थापा मगरले आफ्ना चाहना ,रहर र ईच्छालाई पुरागर्न निर्देशन तर्फ यहि श्रृंखला मार्फत आफ्ना पाईला अगाडी बढाएका हुन् ।
बिभिन्न ठुलो पर्दाका चलचित्र, म्युजिकभिडियो तथा टेलिचलचित्र मार्फत कलाकारीतामा प्रवेश गरेका थापामगरले हाल सालै धनेश्वर फिल्मस्को ब्यानरमा बनेर, धनेश्वर फिल्मस् कै अफिसियल युट्युब च्यानलमार्फत यो नेपाली टेलिचलचित्र सार्वजानिक गरिएको छ ।
यो टेलिसिरियलमा रमा थपलिया,बिकास थापा मगर,कमल लामा,देव महर्जन,आशा बिसी,दिपक सुनार,मुस्कान घिमिरे,गोपाल अधिकारी,श्रृजना गजमेर,ईन्द्र मगर,विपुल क्षेत्री, रेजु कुँवर लगायतले अभिनय गरेका छन् ।
आशा बिसी को श्रृंगार,राज लामाको कथा,देवेन्द्र कार्कीको छायांकन,बिकास चौधरीको स्वर÷संगीत,रमेश बिसुङ्खेको सम्पादन रहेको यस सिरियलको निर्माता बिकास थापामगर र कमल लामा रहेका छन् भने निर्देशन बिकास थापा मगर आफैले गरेका हुन् ।
प्रेम र मिश्रृत सामाजिक कथामा आधारीत यो सिरियलको मुख्य उदेश्य आम दर्शकलाई मनोरन्जन तथा शिक्षा दिने रहेको निर्माता तथा निर्देशक बिकास थापा मगरले बताएका छन् ।
यहि सिरियल मार्फत नव कलाकारहरुको उत्पादनसमेत हुने थापामगर बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »