सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हलवालाहरुले नेपाली फिल्ममाथि अन्याय गरेको भन्दै हलबाट निकालियो “काँडेतार”

काठमाडौँ । फागुन २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र “काँडेतार” माथि हलवालाहरुले अन्याय गरेको भन्दै फिल्म निर्माण पक्षले अर्को ब्यवस्था नभएसम्म फिल्म नचलाउने भएका छन् ।
फागुन २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र “काँडेतार” लाई आजबाट प्रदर्शन नगराउने निर्णय गरेको निर्माण कम्पनी सामना फिल्मस् प्रा.लि.ले जानकारी दिएको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगराउने निर्णय गरेको हो ।
अग्रेजी फिल्म लाई ७० तथा हिन्दी फिल्मलाई ११५ शो उपलब्ध गराउने हल हरुले आफ्नो फिल्मलाई मुस्किलले २३ शो दिईए पछि फिल्म निर्माण पक्ष असन्तुष्ट बनेको हो ।
फिल्म प्रदर्शनमा प्राईम टाईमको महत्वबुझेर योजनाबद्ध तरिकाबाट नेपाली फिल्म त्यस माथि पनि “काँडेतार”लाई बाईकट गर्न खोजिए पछि बाध्य भएर फिल्म हलबाट निकाल्नु परेको निर्माण पक्षले जानकारी गराएको छ ।
बिहान सबै जना जसो बिजि हुने तथा दर्शकनहुने समयको शोमा “काँडेतार”लाई समय दिएको भन्दै निर्मापक्षले हलवालाहरुलाई हिजोनै त्यसो नगर्न र समय समायोजन गर्न सुझाव दिएको तर आज सम्म वास्ता नगरेकोले हल बाट फिल्म निकालिएको निर्माण पक्षले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »