सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा प्रतिवन्धित कुखुराको मासु ठुलो परिमाणमा प्रहरीले बरामद


नेपालगन्ज, मुख्य नाकालगायत विभिन्न साइड नाकाहरुमा सुरक्षाकर्मीले कडाइ गरे पनि अवैध रुपमा प्रतिवन्धित कुखुराको मासु ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगन्ज धम्बोझीस्थित घनश्याम सोनकरले सञ्चालन गरेको प्रदिप मासु पसलमा ६ वटा जुटको बोराभित्र राखिएको अवस्थामा दुई क्विन्टल ९१ किलो छाला र हड्डि नभएको अबैध ब्रोइलर कुखुराको मासु फेला पारिएको हो ।
बाँके प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहोराले भारतबाट अवैध रुपमा भित्र्याइएको दुई क्विन्टल ९१ किलो छाला र हड्डि नभएको अबैध ब्रोइलर कुखुराको मासु बरामद गरी आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको बताउनुभयो ।
उहाँले भारतबाट कुखुराको मासु ल्याउन प्रतिबन्ध लगाइए पनि सस्तोनाममा भित्र्याउने काम भइरहेकाले प्रहरीले कडाइ गर्दा यसरी धेरै परिमाणमा अवैध मासु फेला परेको बताउनुभयो ।
उता प्रदिप मासु पसलका सञ्चालक घनश्याम सोनकरले सो मासु आफ्नो नभएको जनाउँदै यो आफूलाई फसाउने नियतले गरिएको बताउनुभयो । उहाँले मासु मात्र फेला पार्ने अनि मासु ल्याउनेलाई भने प्रहरीले नसमातेको देखेर अचम्ममा परेको बताउँदै यसमा ठुलो षडयन्त्र रहेको बताउनुभयो ।
भारतबाट कुखुरा, चल्ला, अण्डा र कुखुराको मासु आयातमा बर्डफ्लुको डरले प्रतिवन्ध लगाइए पनि दैनिकजसो मासु, कुखुरा र अण्डा भित्रिनेगरेको नाकामा बसोबास गर्ने स्थानीयको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »