सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमितिको आयोजनामा भएको ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला भब्यताको साथ सम्पन्न भएको छ । भेलाले देशैभर बाट प्रतिनिधित्व हुने एक कार्यसमिति समेत चयन गरेको छ ।
भेलाले ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालकी महिला उपाध्यक्ष बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको ह
कार्यसमितिको अध्यक्षमा बिष्णुमाया उचही (काठमाडौं),उपाध्यक्षमा देवी कार्की (रुपन्देही),सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं,कोषध्यक्षमा सरिता प्रधान(मकवानपुर) तथा सदस्य हरुमा सम्झना सिलवाल (चितवन),सृजना भट्टराई(सुनसरी),प्रभा घिमिरे (पश्चिम नवलपरासी),तारा बुढाथोकी (पोखरा),गिता खम्चा (नवलपुर) सर्व सहमत निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेपाल घरेलु तथ साना उद्योग महासंघका अध्यक्ष एवं राष्ट्रिय बिकास परिषदका सदस्य उमेश प्रसाद सिंह ,ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका संस्थापक एवं निवर्तमान अध्यक्ष, नेपाल घरेलु तथ साना उद्योग महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवाल , नेपाल घरेलु तथ साना उद्योग महासंघकी उपाध्यक्ष एवं महिला सभापति रोसनी उपाध्याय, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष केदार अधिकारी, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका सल्लाहाकार तथा निवर्तमान बरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ,नेपाल ग्रील ब्यवसायी संस्था २०५० का संस्थापक अध्यक्ष मधु बहादुर कार्की रहनु भएको थियो ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमिति सभापति बिष्णुमाया उचही को सभापतित्वमा भएको उद्घाटन कार्यक्रम ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका महासचिव बिवेकदास श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेर आउनु भएका प्रतिनिधिहरु, क्षेत्र तथा इकाईका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण योगदान दिनुहुने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा स्वागत मनतब्य राख्दै महिला समितिकी सभापति बिष्णुमाया उचहीले महिला भेलाबारे प्रष्ट पार्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »