सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सांसद माधव सापकोटा (सुबोध)को पहलमा सिन्धुपाल्चोकमा सडक स्तरउन्नती गर्न ५ करोड बजेट निकासा

काठमाडौं । सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधसभा सदस्य माधव सापकोटा ‘सुबोध’को पहलमा सिन्धुपाल्चोकको ‘बलेफी–जलविरे–तेम्वाथान’ सहायक राष्ट्रिय राजमार्गअन्तर्गत स्तरोन्नतिका लागि ४ करोड बजेट निकासा भएको छ । रा बजेट निकासा भएको हो ।

बलेफीबाट जलबिरेसम्मको सडक स्तरउन्नतिका लागि भने बजेट अभावले केहि समययता काम रोकिएको थियो । यस क्षेत्रमा पर्ने १० किलोमिटर सडक स्तरउन्नतीको ठेक्का सुवर्ण निर्माण सेवा, कनक कवि जेभि, त्रिवेणी निर्माण सेवाले जिम्मा लिएका थिए । बलेफि–जलबिरे सडकको स्तरउन्नतीका लागि अर्थमन्त्रालयबाट बजेट छुट्टिएकाले सोही अनुसार काम हुने सांसद सुबोधको सचिवालयले जनाएको छ ।यो राजमार्गको ट्रयाक ओपनको काम पहिले नै सकिएकाले यसको स्तरउन्नतिका कामहरु हुँदै आएको छ ।

सांसद सुबोधकै पहमा लिसंखु ठोकर्पा पुरानोकोट सडक स्तरोन्नतिका लागि पनि १ करोड बजेट निकासा भएको छ । सोही बजेटबाट २१ किलोमिटरको लिसंखु पुरानोकोट सडकखण्डमा स्तरउन्नतिको काम हुनेछ । यो सडक निर्माणको जिम्मा २०७९ सालमा पाण्डे नयाँयुग जेभीले लिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »