सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बलेफी गाउँपालिका वडा नं.६को मुद्धा टुङ्गियो,तेजबहादुर पराजुलीको पक्षमा फैसला

काठमाडौं । स्थानिय निर्वाचन २०७९ मा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्बर ६को मत गणनामा धाँधली भएको भन्दै उच्च अदालत पाटनमा दायर भएको मुद्धाको फैसला भएको छ ।
नेकपा(माओवादी केन्द्र)का उम्मेदवार चित्र बहादुर तामाङ र नेकपा(एमाले) उम्मेदवार तेज बहादुर पराजुली बिच प्रतिस्पर्धा हुँदा एक मतले मात्र पराजुलीले जिते पछि मत गणनामा धाँधली भएको भन्दै तामाङले उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए
लामो समय बहस पछि आज उच्चअदालत पाटनले बहालवाला वडा अध्यक्ष तेज बहादुर पराजुलीको पक्षमा फैसला गरिदिएको छ ।
निर्वाचनमा तामाङको ५८७ र पराजुलीको ५८८ मत आएको थियो । तत्कालिन अवस्थामा निर्वाचन आयोगले पराजुली लाई बिजयी घोषणा गरे पछि तामाङ न्यायलयको ढोका ढकढक्याउन पुगेका हुन् ।
मुद्धाको फैसला आफ्नो पक्षमा आए पछि बहालवाला वडा अध्यक्ष तेज बहादुर पराजुलीले आफ्नो आधिकारीक फेसबुक वालमा यस्तो लेख्नु भएको छ ।
“लोकतान्त्रिक ब्यबस्थामा चुनाबि जितहार सामान्य हो । एकै भोटलेपनि परिणाम दिन्छ तर पराजित अवस्थामा त्यो स्विकार्न कठिन होला । कठिनभयो भन्दैमा तथ्यलाइ अस्विकार गरेर आफ्नो सन्तुष्टिका लागि मुद्दा मामिलाको खेति गर्ने साथिहरुका कारण यस अबधिमा यस वडाका स्थानियबासि आमाबुबा दाजुभाइ दिदिबहिनिहरुले अनेकौं दुखकष्ट भोग्नु परेको छ । हरेक हप्ताको बुधबार कुनै सेवा दिन सकियन । कतिपय कार्यकारी काम हुन सकेन भने बिकास निर्माणका काममा पनि त्यतिकै असहजताहरु रहे । यस बीचमा यो अबस्थाको छिनोफानो गर्नका लागि हाम्रो पार्टि, पार्टि नेता कार्यकर्ता, आफन्त सुभचिन्तकहरुले जहाँजहाँ बाट जेजस्तो भुमिका निर्बाह गर्नु भयो त्यस प्रति आभारि छु । मेरो मुद्दामाथिको बिजय कामना गरि शुभचिताउनुहुने ज्ञात अज्ञात सबैसबैलाइ हार्दिक धन्यवाद ब्यक्त गर्दछु । साथै अत्याधिक राजनीतिक दवाव तथा कुप्रभावका बाबजुत ढिलै भयपनि न्याय प्रादनगरेकोमा पाटन उच्च अदालत प्रति पनि आभार सहित धन्यवाद अर्पण गर्दछु ।

भर्खरै

सम्बन्धित खबर

Language »