सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारी कार्यालयमा सेवाग्राहिहरुलाई कार्यालय प्रमुखको प्रश्नः तपाई कुन दलसँग आवद्ध हुनुहुन्छ ?

संवाददाता मिङ्मा योन्जनको रिपोर्ट

धुलिखेल/बागमती प्रदेश सरकार अन्र्तगत विनियोजित बजेट मार्फत निर्माण हुने सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा संचालित योजनाहरु कार्यालय प्रमुखको मिलेमत्तोमा कमिसनका आधारमा सेटिङ्गमा सम्झौता हुने गरेको खुलेको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा संचालित दर्जनौ योजनाहरुमा कार्यालय प्रमुख अनिलप्रसाद केसरीले कमिसन मागेर हैरानी दिएको बताएका छन् । ‘डिभिजन प्रमुख अनिलप्रसाद केसरीले शुरुमै तपाई कुन दलमा आवद्ध हुनुहुन्छ ? तपाईको तह के हो ? भनेर सेवाका बारेमा जिज्ञासा राख्ने गरेका छन्’–चौरीदेउराली गाउँपालिकाबाट सेवा लिन आएका शरण पन्तले भने–‘शुरुमै पार्टी सोध्ने, त्यस पछि आयोजनाका बारेमा कमिसन मागेर हैरानी दिएका छन् ।

’ केसरीले प्रतिस्पर्धामा परेका योजनाहरुमा ३ देखि ५ प्रतिशत कमिसन लिने गरेका छन् भने मिलाएर दर्ता गरिएका वा सम्झौता गरिएका योजनाहरुमा १० प्रतिशत कमिसन लिने गरेका छन् । नमोबुद्ध नगरपालिकामा संचालित साढे ४ करोडको खानेपानी आयोजनामा नीतिगत भ्रष्टाचार गरी एउटा भन्दा अर्काे निर्माण कम्पनी दर्ता हुनै नदिई १० प्रतिशत कमिसन लिएका छन् ।

उक्त योजनामा वान कन्ट्रयाक्टका नाममा सिण्डिकेट बनाउँदै अन्य कम्पनीहरु दर्ता हुन नदिने गरी बोलपत्र आब्हान गरिएको थियो । एउटा भन्दा अर्काे कम्पनीको बोलपत्र दर्ता नभए पनि कार्यालयले सोहि कम्पनीसँग निर्माण सम्झौता गरेको थियो । कार्यालय प्रमुख केसरीले तपाई कुन दलको कार्यकर्ता भन्दै सेवा दिने गरेको अन्य सेवाग्राहिले पनि बताए ।

बागमती प्रदेश सरकार, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय अन्र्तगत रहेको खानेपानी तथा सरसफाई डिभिजन नम्वर ३, सिन्धुपाल्चोकमा मुख्य कार्यालय भई धुलिखेल सम्र्पक कार्यालय राखेर हालिमुहाली गर्दै आएका डिभिजन प्रमुख अनिलप्रसाद केसरीको अहिले भने दैनिकी फेरिएको छ ।

सरकारमा आफु निकट दलका मन्त्रीहरु रहँदा सेवाग्राहीलाई पार्टी सोधेर ब्यवहार गर्ने कार्यालय प्रमुख अहिले सरुवा हुनबाट बचाई दिनु प¥यो भन्दै निवेदन बोकेर मन्त्रालय धाउन थालेका छन् । दल, दलका कार्यकर्ता, मन्त्री र नेताहरुको चाकडी र र कमिसनमा रमाउने गरेका केसरीले संचालित योजनाहरुमा कार्यालयको तर्फबाट उपलब्ध गराउनु पर्ने पाईप, फिटिङका सामान पनि उपलब्ध गराएका छैनन।

उपभोक्ता गरिएका कामहरुमा समय छँदा आलटाल गरेर राख्ने र आर्थिक वर्षको अन्त्यमा कमिसन, कम गुणस्तर तथा उपभोक्ताहरुलाई समेत राजनीतिक दलका आधारमा ब्यवहार गरी दुख दिने योजना बनाएको सेवाग्राहिले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »