सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनकाण्डमा समातिएका दिपेश पुनलाई सहकारी काण्डमा अनुसन्धान

काठमाडौं । सुनब्यापारी दावा संगको निकटतम् सम्बन्ध देखिएपछि सुन तस्करीको आरोपमा सामातिएको भनिएका पुर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुनलाई रातारात सहकारी सम्बन्धि मुद्धामा अनुसन्धान गर्ने भन्दै रुपन्देही लगिएको छ ।
शुक्रबार दिउँसो काठमाडौँको टोखा क्षेत्रबाट पक्राउ परेका उनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न शुक्रबार राति नै बुद्ध एयरको विमान मार्फत बुटवल लगिएको हो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोपमा पुनविरुद्ध पक्राउपुर्जी जारी भएकाले त्यहाँ लगिएको प्रहरी श्रोतले बताएको छ ।
जिबि राई अध्यक्ष र दिपेश पुन कोषध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीको सवा १ अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवल प्रहरीले सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका एकजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । उक्त सहकारीको रकम हिनामिना गर्ने प्रमुख जिबी राई फरार भने छन् ।
सुप्रिम सहकारीका संस्थापक अध्यक्ष जिबी राई सचिव दिपेश पुन र वर्तमान अध्यक्ष ओम गुरुङ लगायतले बचतकर्ताले जम्मा गरेको सवा १ अर्ब रकम अपचलन गरेको आरोप छ ।
उनी संस्थापक सचिव रहेको सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन्। जिबी राई अध्यक्ष र दिपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख बिजयराज पण्डितले दिपेश पुनविरुद्ध सहकारीका बचतकर्ता पिडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »