सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेसपा फुट्यो, यादव पक्ष प्रचण्ड संग मिल्ने पक्का

काठमाडौं । नेपालका राजनैतिक पार्टीहरुको टुटफुट र बिभाजन हुनु कुनै नौलो कुरानै होईन । पद,पावर, राज्यसत्तामा सहभागिता तथा निजि स्वार्थ नमिलेपछि पार्टी बिभाजनभएका थुपै घटनाहरुले देखाईसकेको छ ।


जनयुद्धकाल भरी माओवादी भएर लडाईको मोर्चामा रहेका डा.बाबुराम भट्टराई शान्ति वार्ता र माओवादीको राज्य सत्तामा भएको बिलय पछि बिभिन्न बहानामा नयाँ संगठन निर्माण, एकिकरण गर्दै हिडेको भए पनि कतै सफल भएको देखिदैन ।


गत निर्वानमा माओवादी संग मिलेका भट्टराई हाल आएर माओवादी संग मिल्न नसक्दा जनता समाजवादी पार्टीबाट छुट्टिएर डा.बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टीफुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेकाछन् । यादवका अनुसार बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।

माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ । साथै बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ । बैठकले पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ ।


कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »