सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा विपन्न परिवारका किशोरीलाई साइकल वितरण


नेपालगन्ज, मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका युवा समाजसेवी राजा खानको सहयोगमा ग्रामीण क्षेत्रका विद्यालयबाट टाढा बस्ने विपन्न किशोरीलाई साइकल वितरण गरिएको छ।

विपन्न किशोरीको विद्यालयमा पहुँच बढाउन राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका ६ जना किशोरीलाई समाजसेवी खानद्वारा प्राप्त साइकल उपलब्ध गराइएको हो।

फत्तेपुरमा आयोजना गरिएको रोजा खोल्ने कार्यक्रम सामूहिक इफ्तारपछि मुस्लिम धर्मगुरु हाजी अकिल कादरीले समाजसेवी खानद्वारा प्राप्त भएका साइकल विभिन्न विद्यालयमा अध्ययनरत किशोरीलाई हस्तान्तरण गर्नुभयो।

विद्यालय टाढा भएका विपन्न किशोरीलाई साइकल दिइएकोमा मुस्लिम धर्मगुरु कादरीले खुशी व्यक्त गर्नुभयो।

नरैनापुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष इसाक जोलाहले विपन्न छात्रछात्रालाई साइकल दिएर धेरै राम्रो काम गरिएको बताउनुभयो।

अमेरिका बस्दै आउनुभएका खानले विद्यालयसम्म विपन्न किशोरीको पहुँच बढाएर शिक्षामा अग्रसर गर्न आफूले सहयोग गरेको टेलिफोनमा बताउनुभयो। उहाँले यस्ता सहयोग निरन्तर जारी रहने पनि प्रतिबद्धता जनाउनुभयो।

साइकल वितरण कार्यक्रममा नरैनापुर गाँउपालिका १ का वडा अध्यक्ष इसाक जोलाह, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत, इन्जिनियर प्रविन श्रेष्ठ, नेपालगन्ज ४ का निर्वतमान वडाध्यक्ष सफिक बेहनालगायत स्थानीयको सहभागिता थियो।

यसअघि पनि समाजसेवी खानको सहयोगमा राप्तीसोनारी ७ मा रहेको सहिद दलबहादुर घर्तीमगर खेल मैदानमा मोटर र खानेपानी ट्यांकीसहित धारा जडान गरिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »