सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कांग्रेस बाँके बैठकः बैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण सक्न सर्कुलर


नेपालगञ्ज, नेपाली कांग्रेस बाँकेले बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गर्ने निर्णय गरेको छ । कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा आज (विहिबार) बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले विधानतः सबै तहले गर्नुपर्ने बार्षिक सम्मेलन (वडादेखि क्षेत्र) बैशाख मसान्तसम्म गरिसक्न निर्देशन दिएको छ । यस्तै बैठकले जिल्लामा कार्यक्रमहरु गरिँदा संस्थापक नेताहरुको फोटो मात्र राख्ने गरिएकोमा अबदेखि संविधान पिता सुशिल कोइरालाको पनि फोटो राख्ने निर्णय गरेको कार्यबहाक सभापति अधिकारीले बताए ।

पार्टीका पूर्व जिल्ला सभापति गजेन्द्रबहादुर हमालले महासमिति सदस्यबाट दिएको राजीनामा पुनर्विचार गर्न अनुरोध गर्दै अस्विकृत गर्ने निर्णय गरिएको छ । तर, हमालले पार्टीभित्र उठाएको सनातन हिन्दु राष्ट्रको मागलाई जिल्लाको बार्षिक सम्मेलनमा प्रस्ताबका रुपमा लैजाने निर्णय पनि बैठकले गरेको कार्यबहाक सभापति अधिकारीले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »