सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक संजालमा चर्चा बटुल्दै प्रतिक मोक्तानको “झिम झिम परेला”

काठमाडौं । युवा गायक तथा संगीतकार प्रतिक मोक्तानको झिम झिम परेला बोलको गीतले सामाजिक संजालहरुमा सन्तोषजनक चर्चा बटुलि रहेको छ । विभिन्न सामाजिक संजाल अर्थात डिजिटल प्लेटफर्ममा मोक्तानको उक्त गीतलाई निक्कै दर्शकले रुचाईरहेका छन् ।
गत महिना मात्रै नि प्रोडक्शन अफिसियल युट्युव च्यानलमार्फत भिडियो सहित सार्बजनिक गरिएको झिमझिम परेला बोलको गीतलाई युट्युवमा मात्रै नभएर टिकटक र फेसबुक रिलका धेरै युजरहरुले पनि रुचाईएको पाईएको छ ।


सामाजिक संजालमा धरै सकारात्मक टिप्पणीहरु बटुल्नसफल यो गीत हामीले यो समाचार संकलन गर्ने बेला सम्म ५ लाख ७० हजार भन्दा धेरै पटक हेरिएको पाईएको छ भने २ सय ५८ जना भन्दा धेरै दर्शकले कमेन्ट गरिएका छन् ।
पछिल्लो समय तामाङ गीतसंगीतको क्षेत्रमा मौलिक अथवा संस्कार संस्कृति संग सन्बन्धित गीत संगै कमर्सियल तवरले बनाईएका गीतहरुले पनि धेरै दर्शकहरुले मनपराउन थालेको पाईन्छ ।


यसै क्रममा प्रतिक मोक्तानको झिमझिम परेलाले पनि व्यवसायीक कन्टेन्टको स्थान पाएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ५ डाँडा गाउँं (गाङ्नाम्सा)मा जन्मेका प्रतिक मोक्तानमा उमेरको हिसावले युवा अवस्था रहेपनि गीतसंगीतको क्षेत्रमा भने निक्कै परिपक्वता देखिएको दर्शक श्रोताको प्रतिकृया रहेको छ ।
मोक्तान आफै गीत गाउने मात्र नभएर शब्द रचना र संगीत भर्ने काममा पनि उत्तिकै पोख्त देखिन्छन् । सानै देखि नाच्नमा समेत रुचि राख्ने मोक्तान आफ्नो केही गीतहरुमा अभिनय समेत आफै गर्ने गर्दछन् ।
तामाङ गीतसंगीतको क्षेत्रमा चक्लेटी गायकको रुपमा चिनिएका मोक्तानलाई पछिल्लो समय विभिन्न स्टेज कार्यक्रमहरुमा समेत उत्तिकै देख्न थालिएको छ । स्टेजमा गीत गाउने मात्र नभएर दर्शकको चहाना अनुसार स्टेज शेयर गर्ने गरेका मोक्तानको डिमाण्ड स्टेज कार्यक्रमहरुमा पनि उत्तिकै देखिन्छ ।

पछिल्ला समय युवाहरुले रुचाईएको गायक प्रतिक मोक्तानले यस अघि निक्कै हिट गीतहरु बजारमा ल्याईसकेका छन् । उनका ओम म्हाने पेमा, तेमाल फिलिलि, झोर्सी थान्गो, लामाला छ्योईरी, बुट्टे रुमाल, बर्षम दिनरी, तिङ्ला ढोई जस्ता गीतहरु बजारमा अत्यन्तै रुचाईएका गीतहरु हुन् ।

गत महिना सार्बजनिक गरिएको यो गीतमा शब्द संगीत प्रतिक मोक्तानकै रहेको छ भने आवाजमा प्रतिक मोक्तानलाई एन्जिला घिसिङले साथ दिएकी छिन् । सानुबाबु घिसिङले अडियो एरेन्जरमिक्सिङ गरेको यस गीतको भिडियो तर्फ भने प्रतिक मोक्तान र याङ्गि दोङले अभिनय गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »