सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्री परिषद बाट पर्यटन बोर्डको संचालक समितिमा काभ्रेपलान्चोका राजेन्द्र लामा सहित तिनजना नियुक्त गर्ने निर्णय

काठमाडौं । मन्त्री परिषद बाट पर्यटन बोर्डको संचालक समितिमा काभ्रेपलान्चोकका ,राजेन्द्र लामा सहित रामप्रसाद सापकोटा(कमल) र ऋषिराम भण्डारी लाई नियुक्त गर्ने निर्णय भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रामप्रसाद(कमल) सापकोटा (धादिङ), राजेन्द्र लामा (काभ्रेपलान्चोक) र ऋषिराम भण्डारी (कास्की)लाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सदस्य नियुक्तिका लागि सिफारिस भएका पाँच जनामध्येबाट तीन जनालाई सदस्य बनाइएको हो । तत्कालिन पर्यटनमन्त्री सुदन किरातीको पालामै ठाकुरराज पाण्डेको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो ।
यसैबीच, बोर्डको नयाँ सीईओ नियुक्ति प्रकृया अभिलम्ब अगाडि बढाइने पर्यटनमन्त्री हित बहादुर तामाङले बताउदै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »