सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयी

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा भएको मैत्रिपुर्ण ग्रील तथा स्टील ब्यवसायी फुटबल प्रतियोगिता २०८० को पहिलो उपाधि ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत रहेको सानो भर्याङ ठुलो भर्याङ इकाई समितिले हात पारेको छ ।
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पुर्वी क्षेत्र अन्तर्गत रहेको कपन इकाई संग भएको फाईनलमा कपनलाई हराउँदै सानो भर्याङ ठुलो भर्याङ इकाई समितिले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगिताको प्रथमहुने टिमलाई पैतिस हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार रहेको थियो भने दोस्रो हुने टिमलाई बिस हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार रहेको थियो ।
प्रतियोगितामा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति,२ वटा क्षेत्रिय समिति ,काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल तथा ललितपुर जिल्ला समिति सहित गरि १५ टिमको को सहभागिता रहको थियो ।
प्रतियोगिता बुढानीलकण्ठ नगरपालिका कपन, बालुवाखानीमा रहेको कपन स्पोर्टस्को फुटसल ग्राउण्डमा सन्चालन भएको हो ।
प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाईएको थियो । जम्मा १५ खेलमा प्रतियोगिता सम्पन्न भएको प्रतियोगिताका ब्यवस्थापक महेश श्रेष्ठले जानकारी गराउनु भएको छ ।
प्रतियोगिताको पुर्ण ब्यवस्थापनको जिम्मा महेश श्रेष्ठले लिएका थिए भने प्रतियोगिता अन्तर्गतका सबै खेलहरुमा सिनियर (मुख्य) रेफ्रीको रुपमा उत्तरकुमार सुनारले भुमिका निर्वाह गरेका थिए ।
ग्रील तथा स्टील ब्यवसायीहरुमा पनि खेलकुद प्रति सकारात्मक भावना जागृत होस भनेर प्रतियोगिता आयोजना गरिएको हुँदा यसलाई निश्पक्ष र मैत्री पुर्ण बनाउन आयोजक पक्षले महत्वपुर्ण र पारदर्शी भुमिका खेलि रहेको आयोजक संस्थाका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनु भएको छ ।
आज भएको खेलमा खेलमा जोरपाटी(क) र सानो भर्याङ ,कपन र नारायाणथान (क),३५ वडा र नारायणथान (ख),चुच्चेपाटी र जोरपाटी (ख) बिच खेल भई नक आउटको आधारमा सेमि फाईनल र फाईनल खेल भएको थियो ।
जोरपाटी(क) लाई हराउँदै सानो भर्याङ,नारायाणथान (क)लाई हराउँदै कपन,नारायणथान(ख)लाई हराउँदै ३५ वडा ईकाई र चुच्चेपाटीलाई हराउँदै जोर पाटी(ख) क्वाटर फाईनलमा पुगेकोमा सानो भर्याङ र जोरपाटी(ख) तथा कपन र ३५ वडा इकाई बिच सेमि फाईनल हुँदा जोरपाटी(ख)लाई हराउँदै सानो भर्याङ र ३५ वडा इकाईलाई हराउँदै कपन इकाई फाईनलमा प्रवेश गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »