सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गीतकार रेग्मीको मर्मस्पर्शी गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक

काठमाडौं । गीतकार नारायण रेग्मीको निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक भएको छ ।

नेपाली साँगितिक वजारमा पछिल्लो समय मिठा मिठा गीत पस्कंदै आएका रेग्मीको ग्रेटर नेपाल सम्बन्धि ‘‘पुर्वको तिष्ठा पनि हामीलाई चाहियो, पश्चिमको काँगडा नि हामीलाई चाहियो‘‘ गीत छाँयाकंनको तयारीमा रहेको छ भने ‘‘नदेखेको भए तिमीलाई’’ रेकर्डिङको अन्तिम तयारीमा रहेको छ ।

प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर लक्ष्मण पोखरेलको सङ्गीत रहेको उक्त गीतमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाको अभिनय छ ।

चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको सङ्गीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ छ ।

मुकेश हुमागाईको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »