सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा भोलि राजा ज्ञानेन्द्र शाह र अभियान्ता तथा संयोजक दुर्गा प्रसाईं आउदै


नेपालगन्ज , राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं भोलि नेपालगन्जमा आ-आफ्नै देशव्यापी अभियान अन्तर्गत एकैदिन छुट्टाछुट्टै समयमा राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं नेपालगन्ज आउने भएका छन ।
कर्णाली प्रदेश भ्रमणको क्रममा राजा ज्ञानेन्द्र शाह , रानी कोमल सहित आफन्त र परिवार जुम्ला जाने क्रममा भोलि २१ गते नेपालगन्ज आउन लाग्नु भएको हो । कर्णाली प्रदेशको जुम्लामा २४ गते हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन राजा ज्ञानेन्द्र सहित नेपालगन्ज आउन लाग्नु भएको हो ।


तेस्तै ‘नागरिक बचाऊ महाअभियान’ का अभियान्ता तथा संयोजक दुर्गा प्रसाईं पनि भोलि २१ गते नेपालगन्ज आउदै हुनुहुन्छ । दुर्गा प्रसाईं पनि आफ्नो देशव्यापी अभियान अन्तर्गत कर्णाली प्रदेशको जुम्लामा २२ गते नागरिक बचाउ महाअभियानको कार्यक्रम सम्बोधन गर्न दुर्गा प्रसाईं जुम्ला जान लागेको महाभियानको बाँके जिल्ला संयोजक तेज नारायण कडेलले बताउनु भयो ।
प्रसाईं जुम्ला विशेषगरी भष्ट्राचारीहरुको फायल खोल्ने कार्यक्रम अन्तर्गत जुम्ला जान लागेको बुझिएको छ । पछिल्लो समय प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउने महाअभियानमा निकै व्यस्त रहेका छन भने वित्तीय संस्था, लघुवित्त तथा वित्तीय संस्था विरुद्ध अभियानमा छन ।
‘नागरिक बचाऊ महाअभियान’ बाँकेका जिल्ला संयोजक तेज नारायण कडेलका अनुसार दुर्गा प्रसाईं भोलि १२ बजे काठमाडौंबाट उड्ने र नेपालगन्ज पुग्नासाथ राझा एयरपोर्टमा भव्य स्वागत सँगै पत्रकार सम्मेलन गरेर अभियानको बारे जानकारी दिदै जुम्लामा जाने योजना रहेको कडेलले बताएका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »