सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई जना हातहतियारसहित पक्राउ

काठमाडौं ।  कास्की, पोखरा महानगरपालिका-२० भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसीलाई मेड इन स्पेन लेखेको दुईनाले बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले बन्यजन्तुको अबैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त बन्दुक, मृगको जस्तो देखिने ८ सय ग्राम मासु र शिकार खेल्न प्रयोग हुने विविध सामग्रीसहित उनलाई पक्राउ गरेको हो । 

नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ नेपाल भारतको सिमानामा रहेको व्यारेज पुलबाट एसएलआरको ३ राउण्ड र थ्रीनटथ्री को २ राउण्ड गोलीसहित बिनयी त्रिवेणी गाउँपालिका-७ बस्ने २९ वर्षीय राहुल थापालाई शुक्राबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त गोलीसहित पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »