सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदर्शनको क्रममा ६ जना घाइते ५ जना पक्राउ

काठमाडौं । स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले आज गरेको बृहत जन प्रदर्शनमा प्रहरी धरपकड भएको छ ।
प्रदर्शनको क्रममा कम्तीमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । ४ जना प्रदर्शनकारी तथा २ जना प्रहरी घाईते भएको प्रहरीले जनाएपनि आन्दोलनकारी तर्फ २ दर्जन भन्दा बढी सामान्य घाईते भएको तथा प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तार्केश्वरका भुवन के.सी. सहित ४ जनालाई नियन्त्रणमा समेत लिएको युवा नेता मुकुन्द सिलवालले जानकारी गराउनु भएको छ ।
दुवै तर्फको घाईतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको श्रोतले बताएको छ । आन्दोलनकारीहरुको उपचार विर अस्पताल र ट्रमा सेन्टरमा भईरहेको छ ।
यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने उदेश्य सहित जनप्रदर्शन गरिएको स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ ।
बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमती प्रदेशको नाम खारेजी तथा काठमाडौं उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गरिएको स्वनिग बिशेष व्युरोले जानकारी गराएको छ ।
स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदको आयोजनामा बसन्तपुरबाट बृहत जनप्रदर्शन सहित र्यालिको आयोजना गरिएको हो ।
मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डा लगायत नेपालमा रहेका जातजातिहरुको सहभागिता रहेको जनप्रदर्शनमा विभिन्न जातिको भेषभुषा, झाँकी, लाखे, बाजासहित प्रदर्शनकारीहरु उपस्थित भएका थिए ।
सदियौं देखि उत्पिडनमा रहेका आदिबासी,जनजाती तथा मु्लबासीहरुमाथि पहुँच भएका सिमित व्यक्तिहरुले शासन गरिरहेको भन्दै आँट भए स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि टेबुलमा बसेर बहस गर्न आफुहरु तयार रहेको राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा नेताहरुले बताएका छन् ।
बसन्तपुरबाट खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले भद्रकालीमा रोकेको थियो । भद्रकाली मै कोणसभा गरिरहेका प्रदर्शनकारीहरु बिचबाट एकाएक प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो ।
शान्तिपुर्ण आन्दोलनमा घुसपैठ गराएर आन्दोलनलाई दवाउन प्रहरी हस्तक्षेप गरिएको भन्दै आयोजक स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदका नेताहरुले आरोप लगाएका छन् ।
शान्तिपुर्ण आन्दोलन माथि यसरी दमन भए आफुहरु हतियार उठाउन बाध्य हुने स्वनिग बिशेष व्युरो संयोजक रविन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »