सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्तीसोनारीवडा नं २ स्थित एकल प्रयासमा अगौया घाट ब्यवस्थित गर्दै -तिर्थराज डाँगीदम्पती


नेपालगञ्ज, जिल्लाकै पुरानो शमसानघाट मध्यको एक अगैया घाटलाई ब्यवस्थित गर्ने प्रयासको थालनी भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं २ स्थित अगैयामा रहेको उक्त घाटलाई ब्यवस्थीत गराउने उद्धेश्यका साथ स्थानिय एक ब्यक्ती लागीपरेका छन ।
अगैया बजारमा लामो समयदेखी होटल ब्यवसाय संचालन गर्दै आएका तिर्थराज डाँगीले एकल प्रयासमै शमसानघाटलाई ब्यवस्थित गर्ने अभियान संचालन गरीरहेको बताए । स्थानिय सरकार, प्रदेश तथा केन्द्रसम्म पहल गर्दा समेत कतैबाट केही सुनुवाई नभएपछि एकल प्रयासमै घाट ब्यवस्थित गर्ने अभियान सुरु गरेको डाँगीले बताए ।


डाँगीकै पहलमा अहिले अगैया घाटमा खानेपानीको धारा निर्माण भईरहेको छ । दिनहुँ सयौंको सँख्यामा अगैया घाट पुग्ने ब्यक्तिहरुको सुविधाकालागी घाट परीसरमा आफ्नो ब्यक्तिगत लागतमा निस्शुल्क खानेपानीको ब्यवस्था गरेको डाँगीले बताए ।
अगौया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष समेत रहेका डाँगीले आफ्ना स्वर्गीय बुवा(आमाको स्मृतीमा खानेपानीको धारा निर्माण गर्न लगाएको बताए । अगैय बजारदेखी घाटसम्म पाईप बिस्तारकालागी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले पाईप सहयोग गरेको डाँगीले जानकारी दिए ।

अगैया घाटलाई ब्यवस्थित गर्ने अभियान अन्तर्गत पहिलो चरणमा खानेपानीको धारा निर्माण गरीएको डाँगीको भनाई छ । उनका अनुसार आगामी दिनमा घाट परीसरमा सडक बत्ती, शौचालय र ब्यवस्थित पक्की शबदाह स्थल समेत निर्माण गर्ने उद्धेश्य राखीएको छ ।
अगैया घाटलाई रात्री समयमा समेत प्रयोग गर्न मिल्ले गरी विद्युतिकरणको प्रक्रिया समेत सुरु भईसकेको डाँगीले बताए । उनले ग्रामीण विद्युतीकरण परियोजना, कचनापुरमार्फत अगैया घाटमा सडक बत्ती तथा विद्युतीकरणको प्रक्रिया अगाडी बढाईएको दाबी गरे ।
शमसानघाटमा बिभिन्न संघ संस्थाले धारा तथा प्रतिक्षलय लगाएतका संरचना निर्माण गरेपनि उचित संरक्षण नहुँदा ति संरचना जिर्ण हुँदै गईरहेका छन । वर्षेनी हुने नदी कटानका कारण घाट साँधुरीदैं गएपनि स्थानिय सरकारले घाट संरक्षणकालागी कुनै पहल नगरेको यहाँका स्थानियहरु बताउँछन ।

अगैया घाट नदि कटानकै कारण घाटसँगै निर्माण गरीएको पानीको धारा ९हाते पम्म० र प्रतिक्षालय मासिने खतरा रहेको उल्लेख गर्दै डाँगीले तत्काल तटबन्धन गर्नुपर्ने बताए । हिन्दु धर्मावलम्वीहरुको आस्थासँग जोडिएको र वार्षेनी जिल्ला भित्र तथा बाहिरबाट समेत हजारौं ब्यक्तिहरु शवदाहका लागी अगैया घाट आउने भएकाले त्यसको संरक्षणको दायीत्व स्थानिय सरकारले लिनुपर्ने डाँगीको भनाई छ ।
यद्यपी अहिलेसम्म घाट संरक्षण तथा ब्यवस्थापनकालागी कुनै सरकारले पहल नगरेको प्रति दुख ब्यक्त गर्दै डाँगीले स्थानिय स्तरबाट अभियान संचालन गरेरै भएपनि घाट ब्यवस्थित गर्ने अठोट ब्यक्त गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »