सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वार्ड नं ६ मा विभिन्न रोग नियन्त्रणका लागी बिषाधी छर्ने कार्य सुरु

कपिलबस्तु ,देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास फैलिरहेको छ ।

व्यकटेरिया बाट हुने विभिन्न रोग बाट बच्नका लागि कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ६ ले बिषाधी छर्ने कार्य शुरु गरेको छ ।

कृष्णनगर नगरपािलकाका वडा नं. ६ का वडाअध्यक्ष देवानन्द शुक्ला को अगवाईमा भिल्मी, करमा, श्रीनगर र डेरवामा बिषाधि छर्न कार्य सुरु भएको हो ।

आफ्नो नगरलाई सुरक्षित बनाउन टोल बस्तीमा रहेका नाला तथा फोहर हुने ठाँउमा बिषाधी र चुन छर्ने कार्य शुरु गरेका हुन् ।

गाउ गाउमा सरसफाई गराई नगर भित्र व्यकटेरिया र लामखुट्टे बाट हुने विभिन्न रोगको नियंत्रणका लागि बिषदी र चुन छर्ने काम सुरु गरिएको वडाअध्यक्ष शुक्लले बताएका छन् ।

बिश्वभरी कोरोना भाइरसको त्रास फैलिरहेको अवस्थामा कृष्णनगर नगरपािलकाका वडा नं. ६ ले व्यकटेरिया र लामखुट्टे बाट हुने विभिन्न रोग जस्तै ज्वरो आउनु, रुघा खोकी लाग्नु, पनेउमोनीय,सिफलिस,डेंगू, चिकनगोनिया,फाइलेरिया, टाइफाइड जस्ता रोगलाई नियन्त्रण गर्नका लागि वडामा किटनसक बिषादी र चुन छर्ने कार्य सुरु गरेको वडाअध्यक्ष शुक्लले बताए ।

बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको (COVID 19 ) अर्थात कोरोना भाइरस बाट बच्नको लागि सरकारले लगाएको लकडाउनको सबैले पालन गरी भीडभाड बाट बचेर घरमै सुरक्षित रहन सबै वार्डवासीमा वार्ड अध्यक्ष शुक्लले अनुरोध गरेका छन।

भर्खरै

सम्बन्धित खबर

Language »