सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ

काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

बैशाख ६ गते बाट शुरूवात भई बैशाख १३ गतेसम्म चल्ने महायज्ञ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।

सो अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका साथै श्रृङ्गारिक महा–आरती महोत्सव पनि हुनेछ । वैशाख ६ गते बिहान कलश यात्रा हुनेछ । महायज्ञमा कथावाचन सुप्रसिद्ध पं. चन्द्रकान्त काफ्लेबाट हुनेछ ।

संयुक्त अपाङ्ग एकता आवाज केन्द्र बरिस्ठ समाजसेवी तिल बहादुर कार्कीले स्थापना गर्नु भएको हो भनें अहिले केन्द्रमा ५७ जना बालबालिकाहरु आश्रित रहेमा छन् ।

संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने उदेश्यले पितृ मोक्षसहितको सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।

यस धार्मिक ज्ञान महाज्ञानमा सम्पूर्ण भक्तालुजनहरुमा ऊपस्थित भई कथा श्रवण गर्नुहुन र मन, बचन र कर्मले सक्दो सहयोग गर्नुहुन सम्पूर्ण दाजुभाई दिदिवहिनीहरुमा कार्कीले हार्दिक अनुरोध गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »