काभ्रे । संघीय सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले आफ्नाे जन्मदिनकाे विशेष अवसरमा नेपाल सरकारले स्थापना गरेकाे काेराेना सुरक्षा आकास्मिक काेषमा एक महिनाकाे तलब जम्मा गरिदिने घाेषणा गरेकाे छ ।
आफ्नाे सामाजिक वालबाट उहाँले सार्वजनिक गरेकाे हाे । संघीय सांसद तामाङले याे विपदकाे समयमा सबै जना एक भएर उभिन पनि अनुराेध गर्नु भएकाे छ । उहाँ लेख्नु हुन्छः
यसै गरी संघीय सांसद तथा पूर्व सूचना तथा संचारमन्त्री गाेकुल बाँस्काेटा र वाग्मती प्रदेशका सांसद बसुन्धारा हुँमागाइले पनि एक महिनाकाे तलब काेराेना सुरक्षा आकास्मिक काेषमा जम्मा गर्ने घाेषणा गरिसकेका छन् ।