सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा शुरु


नेपालगन्ज ,नेपालगन्ज उद्योग वाणिज्य संघले अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा शुरु गरेको छ ।

कोरोना संक्रमण रोक्न लागू भएको लकडाउनमा उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिन संघले शनिवारदेखि यस्तो सेवा सन्चालन गरेको हो ।

पहिलो दिन नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को कार्यालय र नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघसंगको समन्वयमा वडा नं १ मा उक्त घुम्ती सेवा सन्चालन गरियो ।

घुम्ती सेवामा गाडी मार्फत घर–घरमा चामल, दाल, पिठो, नून, तेल जस्ता अत्यावश्यक सामाग्री उपलब्ध गराइन्छ ।

घुम्ती सेवा सन्चालनको अवसरमा प्रदेश सांसद आईपी खरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वडा नं १ का अध्यक्ष प्रमोद धिताल, संघका महासचिव रिचञ्जीवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी, कार्यसमिति सदस्य श्यामसुन्दर अधिकारी र नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघका महासचिव टोपबहादुर थापा सहभागि थिए ।


भिडभाड नहुने गरी घुम्ती सेवाबाट अत्यावश्यक सामाग्री वितरण गरिने संघका अध्यक्ष मन्सुरीले बताए ।

प्रदेश सांसद खरेल र वडा अध्यक्ष रिजालले निजीक्षेत्रको सहकार्यमा बजारमा सिर्जना हुने अभाव अन्त्य गरिने उल्लेख गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »