सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोहन अधिकारीको निर्देशनमा ”सृष्टि” बोलको गीत सार्वजनिक

काठमाडौँ। गायक गोबिन्द ईम्सङ्ग र गायिका टीका पुनको स्वरमा सृष्टि बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

मोहन अधिकारीको निर्देशन रहेको सो नयाँ म्यूजिक भिडियोमा गरिवीका कारण श्रीमान श्रीमतीको सम्बन्ध र बिदेशीनुपर्ने पिडालाई कलात्मक रुपमा र्दसाइएको छ ।

करिव २० बर्ष मल्टिमिडिया जगतमा राम्रो छबी बनाउदै आएका निर्देशक मोहन अधिकारीले गीतको भाव जस्तै निर्देशन गरेका छन भने रामेश्वर ढकाल र श्रेया दुलालको जोडीलाई जमाउन सफल भएका छन्।

भिडियोमा टिकटकका भाइरल एवं कलाकार भोला ढुंगाना , प्रकाश तिमलसिना र राजेश रम्तेललको बेजोड अभिनय रहेको छ । मिस्टर आर.डी भनेर चिनिने कलाकार एवं संचारकर्मी रामेश्वर ढकालले यस अघि कान्तिपुर टेलिभिजन मार्फत प्रसारण भैरहेको चर्चित हास्य टेलिश्रृंखला हर्के हवल्दारमा अभिनय गरेका थिए भने आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा जोडदार अभिनय गरिसकेका छन ।

मोडल श्रेया दुलालले झण्डै दुई दर्जन भन्दा बढी भिडियामा अभिनय गरीसेकी छिन ।

यस म्युजिक भिडियोमा बिक्रम थापा र सन्नी श्रेष्ठको छायांकन रहेको छ भने, सुजित पुडासैनीको सम्पादन र रंग संयोजन रहेको छ। यस्तै, गीतको भिडियो साइराम पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो

भर्खरै

सम्बन्धित खबर

Language »