सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साँगामा ७ सवारीसाधन ठोक्किए, दुई जना घाइते

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगामा सातवटा सवारीसाधन एक अर्कासँग ठोक्किएका छन् ।

जाममा परेको समयमा पछाडिबाट आएको ट्याङ्करले ठक्कर दिंदा पाँच वटा गाडी र दुई मोटरसाइकल एक अर्कासँग ठोक्किएका हुन् । ट्याङ्करको ठक्करले जाममा रहेको ट्रक, कार, ढुवानीमा प्रयोग हुने पिकअप गाडी र मोटरसाइकल एकअर्कासँग ठोक्किएका थिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका २ का प्रकाश सापकोटा र स्कुटर चालक बनेपा ५ की देविना कर्मचार्य घाइते भएका छन । घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । कारमा सवार पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »