सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गर्मी बढेपछि धरान र इटहरीमा २ दिन विद्यालय बिदा

काठमाडौं । इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ ।

केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको उनले बताए । वर्षा नभएका कारण केही दिनयता मधेश र तराई क्षेत्रमा गर्मी बढेको छ ।
यस्तै अत्यधिक गर्मी बढेपछि सुनसरीको धरान उपमहानगरपालिकाले पनि दुई दिन विद्यालय बिदा दिएको छ । पालिकाले सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिइएको जानकारी दिएको जनाएको छ ।

पालिकाले सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै जाडो बिदा कटौती हुने गरी बिदा दिइएको उल्लेख गरेका छन् ।
धरान नगरका शिक्षा अधिकारी गणेशप्रसाद खतिवडाले भने, ‘आज हामीले २ दिन बिदा दिएका छौं शनिबार पनि यस्तै भए बिदा थपिन सक्छ । अथवा मौसम अनुकुल भए विद्यालय सञ्चालन हुन्छ ।’

केही दिन यता तापक्रम अत्यधिक बढ्न थालेपछि तराईतिरका पालिकाहरुले विद्यालय बिदा दिने क्रम चलिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »