सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजा खान नेपालगन्ज समाजसेवी द्वारा मदरसा लिलबनात (गल्स स्कुल) लाई शैक्षिक समाग्री वितरण


नेपालगन्ज , नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित रहेको मदरसा लिलबनात (गल्स स्कुल) मा आज एक कार्यक्रमको आयोजना गरी बालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरीएको छ। बिशेषगरी बालिकाहरुको समग्र शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत पार्ने उद्देश्यका साथ शैक्षिक सामग्रीहरु भेरी रोकर्स स्पोर्ट्स क्लबको सहयोगमा कार्यक्रमद्वारा वितरण गरीएको हो ।


भेरी राकर्स स्पोर्ट्स क्लबका अध्यक्ष मोहम्मद साजिद खान को अध्यक्षता एवं समाजसेवि र राजा खान नेपालगन्ज ज्युको मित्र जावेद अलि को प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा बिद्यार्थीहरुले राख्ने ब्याग बेच १० थान, वाइट बोर्ड ३ थान, आफिस चेयर १ थान, वाटर डिस्पेन्शर मेशिन (जारको पानी सहित) १ थान लगायतका शैक्षिक सामग्रीहरु बालिकाहरुलाई प्रदान गरिएको छ। सो मदरसामा अध्यनरत बालिकाहरुको संख्या २०० र शिक्षक संख्या ६ रहेको छ।


यसैगरी कार्यक्रममा भेरी राकर्स स्पोर्ट्स क्लबको कोषाअध्यक्ष इरफान अलि (अरसद) शिक्षाको बिकास भए मात्र भबिष्य राम्रो हुने उदेश्यले शिक्षामा गुणस्तरीय ल्याउनका लागि आफु लागि परेको भन्दै यसप्रति मुस्लिम सामुदायिका जनताले पनि साथ दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा खेल र सामाजिक कार्यमा रुचि राख्ने रोशन कुमार साह , दिलावर रब्बानी, सदाब अन्सारी ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन यस मदरसा लिलबनात (गल्स स्कुल) का अध्यक्ष सलमा खातुन हल्वाई ज्युले बिशेषगरी राजा खान नेपालगन्जको लागि अल्लाह संग दुआ गराएर शैक्षिक समाग्री वितरण कार्यक्रमलाई धन्यवाद व्यक्त गरेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »