सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवतीहरूको सशक्तिकरणका लागि हस्तकला, गड्यौला मल र अर्गानिक तरकारी खेती तालिम

नेपालगन्ज, बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सञ्चालन गरिएका हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिम, गड्यौला मल बनाउने तालिम र अर्गानिक तरकारी खेती तालिम सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ती तालिमहरु सञ्चालन गरिएका थिए ।

ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गरियो । ठाकुरबाबामा प्रमाणपत्र बितरण गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले व्यवसायिक तालिमको आयोजना गरेकोमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबलाई धन्यवाद दिँदै युवाले आफुले सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै आफ्नो व्यवसायलाई सुदृढ पार्नुपर्नेमा दिनुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु र वडा नम्बर ५ का अध्यक्ष शम्भु प्रशाद थारुले पनि प्रमाणपत्र बितरण गर्नुभयो ।

सोही प्रकारले राजापुर नगरपालिकामा आयोजना गरिएको समापन कार्यक्रममा राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले तालिमका सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिमबाट सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्न युवाहरुलाई प्रोत्साहित गर्नुभयो । उहाँले व्यवसाय स्थापना गर्दा अरुलाई पनि रोजगारी दिन सक्ने बताउँदै राजापुर नगरपालिकाले व्यवसायको दिगो स्थापनामा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्षहरु रमेश दहित, असराज न्यौपाने र शिवलाल चौधरीले पनि प्रमाणपत्र बितरण गर्नुभयो । दुबै कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका प्राविधिक सल्लाहकार प्रतिमा कुवँर, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रविकुमार तुलाधर, संरक्षक राजेन्द्र चौधरी र राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानका निर्देशक राकेश रोशन धमला, परियोजना संयोजक राधे कृष्ण थारु, मानसका खुशीराम थारु र फिल्ड सुपरभाइजरहरु कञ्चन दहित र सञ्जिता रिजालको पनि उपस्थिति रहेको थियो ।

हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिममा आठ जना, गड्यौला मल बनाउने तालिममा १३ जना र अर्गानिक तरकारी खेती तालिममा ९ जनाको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षकहरुमा बिर बहादुर हमाल (गड्यौला मल), बन्धिया थारु (हस्तकला बनाउने) र सीता चौधरी (अर्गानिक तरकारी खेती) रहनु भएको थियो । तालिमको मुख्य उदेश्य जोखिममा परेका युवतीहरूको सशक्तिकरण गर्ने र हरित व्यापार र लघु उद्यमहरूमार्फत रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग र बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट वातावरण संरक्षण गर्ने रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »