सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आश्मान वाईबाको नेपाली गीत ‘आफ्नै धड्कन’सार्बजनिक(भिडियोसहित)


काठमाडौं । शनिबार चलचित्र विकास बोर्डको हलमा आश्मान वाईबाको नेपाली गीत ‘आफ्नै धड्कन’ एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो ।
नेपाली चलचित्रका चर्चित नायिका केकी अधिकारी र तामाङ चलचित्र संघ नेपाल बागमती प्रदेशका अध्यक्ष आश्मान वाईबाको मुख्य अभिनय रहेको छ।
भिडियोमा देखाईएको सांचो मनले निस्वार्थ रुपमा गरिएको मायामा आफ्नै प्रेमिकाबाट विश्वासघात गरेपछि आफ्ना विगत सम्झदै वर्तमानमा पिडा खेपिरहेको दृश्यले प्रेममा धोका पाउनेहरुका मन र मस्तिष्कमा सायदै नछोला भन्न सकिन्न ।
यतिमात्र नभएर यो गीतको भिडियोमा सांचो माया गर्नेलाई धोका दिएर अरुसंग लाग्दाको नतिजा फेरी केकी अधिकारीले पनि धोका पाएको दृश्य देखाईएको छ ।
हुन त बजारमा थरिथरिका प्रेम गीतहरु संगै बियोगान्तका गीतहरु सार्बजनिक हुने गरेका छन् । गीतको भिडियोमा माया, प्रेम, मिलन र बिछोडका कथावस्तुलाई आ(आफ्नै ढंगले प्रस्तुत गरेका पाईन्छन् । आस्मान वाईबाको आफ्नै धड्कनमा पनि माया प्रेम पछि पाएको धोकालाई मन छुने ढंगले कैद गरेको दर्शक प्रतिकृया रहेको छ ।
टेक तामाङको शब्द रचना रहेको उक्त गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने चर्चित गायक स्वरूपराज आचार्यको स्वर रहेको छ । गितको भिडियो तर्फ भने निकेश खड्काको निर्देशनमा आश्मान वाईबा तामाङको साथमा नायिका केकी अधिकारी र सनम कथायतको अभिनय रहेको छ ।
भिडियो छायाङ्कन उत्तम हुमागाई, सह छायाँङ्कन कुलप्रसाद हुमागाईको रहेको छ । क्यामेरा टीममा युवाराज हुमागाईँ, गोकुल हुमागाईँ, मित्रनाथ योगी, रामप्रसाद हुमागाई रहेका छन । भिडियोको दृश्य तथा रंग सम्पादन विकास धमलाले गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »