सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

काठमाडौं । आफ्नै आमा ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा भोजपुर जिल्ला अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »