सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल रग्बी संघ, बागमती प्रदेशको सल्लाहाकार संयोजकमा देवराज बस्नेत

काठमाडौ । नेपाल रग्बी संघ, बागमती प्रदेशको महाधिवेशनले नेपाल रग्बी संघ, बागमती प्रदेशको सल्लाहाकार संयोजकमा देवराज बस्नेत लाई चयन गरेको छ ।
लामो समयदेखि सामाजिक काममा सकृय बस्नेतलाई नेपाल रग्बी संघ, बागमती प्रदेशको भावि योजना सरल ढंगबाट कार्यन्वयन गर्न सहज बनाउन सल्लाहाकार समितिको संयोजकको रुपमा अगाडी सारिएको हो ।
महाधिवेशनले बिनु खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसमा उपाध्यक्षमा क्षितिज गुरुङ, ललित कुमार घलान,सचिवमा अनन्त प्रकास श्रेष्ठ, सह सचिब कृश्ण कार्की, कोषाध्यक्षमा बिमल अचार्य रहेका छन् । त्यस्तै सदस्यहरूमा राम गौतम, दिनेश कार्की,पञ्चमाया श्रेष्ठ छन् ।
महाधिवेशन प्रदेश खेलकुद बिकास परिषदका सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यतामा, नेपाल रग्बि सङ्घका उपाध्यक्ष शशि लामाको विषेश आतिथ्यतामा काठमाडौँमा सम्पन्न भएको हो ।
ऐतिहासिक प्रथम महाधिवेशनमा नव निर्वाचित कमिटीलाई बधाई दिँदै प्रदेश खेलकुद परिषद्का सदस्य हिक्मत थपलियाले विश्वमा चर्चित खेल रग्बीलाई प्रदेश परिषद्ले विशेष रूपमा लिइएको बताए ।
उनले आगामी दिनमा रग्बीको विकास र विस्तारमा जनस्तरबाट उठान गर्न कार्यक्रम र योजनाहरू ल्याउनुको साथै आउँदो राष्ट्रिय खेलकुदमा स्वर्णको लागि नव गठित बागमती रग्बी सङ्घ सँग सहकार्य गर्दै योजना र कार्यक्रमहरू ल्याउने जानकारी दिए ।
नव निर्वाचित अध्यक्ष बिनु खड्काले रग्बी सङ्घले विश्वास गरी आफूलाई दिइएको जिम्मेवारीलाई आफ्नो दक्षताले भ्याएसम्म बागमती प्रदेशमा रग्बीलाई विद्यालय स्तरबाट नै विकास र विस्तार गर्ने र यस अभियानमा आफ्ना सहकर्मी कमिटीमा आफूलाई पूर्ण विश्वास भएको बताईन ।

भर्खरै

सम्बन्धित खबर

Language »