सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

काठमाडौं । सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-३ बाङ्गे बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय दिवस भण्डारी, ४० वर्षीय अनिल राई, २४ वर्षीय संगम राई र मोरङ कानेपोखरी गाउँपालिका-२ केरवन बस्ने २६ वर्षीय देवेन्द्र बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »