सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा पुरसीमा क्षेत्रदेखि बजारसम्म स्यानेटराईज औषधी छर्कदै सशस्त्र प्रहरी


कञ्चनपुर, कोरना भाईरसको संक्र्मणबाट जोगिएनका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरका विभिन्न स्थानमा स्यानेटराईज औषधी छर्किरहेको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि सीमा क्षेत्र सहितका स्थानमा सशस्त्र प्रहरीले स्यानेटराईज गर्न लागेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारी शैलेश्वरी गणका गणपति बीर सिह शाहुले कोरना भाईरस नष्ट गर्नका लागि सशस्त्र प्रहरीले ट्याकी मार्फत सरसफाई गरिएको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार महेन्द्रनगरका मुख्य भिडभाँड हुने क्षेत्र सब्जीमण्डी, बसपार्क लगायतको बजारमा स्यानेटराईज गरिएको छ ।

भने सीमा क्षेत्रमा समेत गरिएको छ । ‘विदेशबाट आएका यात्रुको संख्या सीमा, बसपार्क र तरकारी किनबेच हुने स्थानमा बढि भिडभाँड हुन्छ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘यस्ता क्षेत्रको पहिचान गरेर हाम्रो टोलीले स्यानेटराईज गर्दै छ ।’

आवश्यक परे जिल्लाभरीका सम्भावित र जोखिम क्षेत्रमा समेत स्यानेटराईज गर्नेछ ।

सशस्त्र प्रहरीले यस अघि खुलामञ्चमा तरकारी बिक्रि वितरण गरिने तोकिएको स्थानमा समेत समाविजक दुरी कायम गर्नका लागि स्थानमा गोली घेरा हालेको थियो । सशस् प्रहरीको कामको चौतर्फि प्रसंसा गरिएको छ । (जनसराेकारपोष्टका बाट)

भर्खरै

सम्बन्धित खबर

Language »