सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको राहत कोषमा रकम जम्मा

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन उद्धार कोषमा राहत संकलन जम्मा हुनेक्रम बढेको छ ।

सोमबार मात्रै राप्ती गणेश कन्स्टक्सनका सञ्चालक ओम नारायण शाहले एकलाख एकहजार रुपिया जम्मा गर्नुभएको छ ।

शाहले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र लेखा अधिकृत लोकेन्द्र रावतलाई सहयोगको चेक हस्तान्तरण गर्नुभयो ।

कोषमा नेपालगञ्ज उपमहानगरपालिकाले ३० लाख रुपिया जम्मा गर्ने निर्णय गरिसकेको छ । कोषबाट कोरोना भाईरस भित्रिन नदिन पुर्व तयारी, क्वारेन्टाईन लगायत आवश्यक मेडिकल सामाग्रीको उपलब्धतासँगै समितिको निर्णयका आधारमा खर्च गरिनेछ ।

विपन्न समुदायका ब्यक्तिलाई सहयोग पनि गरिनेछ । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोषमा रकम सहयोगका लागि उद्योग ब्यवसायी, सहकारी, संघ संस्था लगायत सहयोगदातामा अनुरोध गरिएको जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »