सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फरार प्रतिवादी पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली

नेपालगन्ज , बाँके प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार गरेको छ । गोली प्रहार गरी फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।


डुडुवा गाउँपालिका वडा नंं ६ सिखनपुरुवाका डाँका चोरी मुद्दाका फरार प्रतिवादी अन्दाजी ५५ वर्षीय सरमानसिंह सरदारलाई बिहीबार बिहान प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले जानकारी दिनुभयो ।
प्रहरीले सिखनपुरवाबाट सरदारलाई पक्राउ गरी हत्कडी लगाएर ल्याउँदै गर्दा स्थानीय प्रतिकारमा उत्रिएको र त्यसक्रममा झडप भएको थियो । झडपका क्रममा हतकडीसहित सरदार भागेको र नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर ग¥यो ।

स्थानीयले प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेको र स्थिति असामान्य भएपछि तीन राउण्ड गोली चलाएको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।
प्रहरीले हतकडीसहित भाग्दै गरेका सरदार र हतियार खोस्न अघि सरेका नानकसिंह सिखलाई गोली हानी नियन्त्रणमा ल्याएको बताएको छ । प्रहरीका अनुसार सरदारलाई दायाँ घुडामुनी र नानकसिंह सखलाई दायाँ खुट्टाको साप्रामा गोली लागेको छ ।
झडपकै क्रममा स्थानीयले हानेको इट्टा प्रहारबाट इलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवलदार मदन डाँगी पनि घाइते हुनुभएको छ । डाँगीको टाउकोमा र बायाँ हातमा चोट लागि घाइते भएको प्रहरीले जनाएको छ । हवलदार डाँगीसहित घाइते तीनै जनाको भेरी अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ८ः३० बजेको समयमा उक्त घटना घटेको र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको कमाण्डमा जिल्लाबाट थप ३५ जना प्रहरीको टोली खटिई आधा घण्टापछि ९ बजेको समयमा सरदारलाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »