सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा कोरोना कहर रोकथाम र राहत एकसाथ जारी

नेपालगञ्ज,कोरोना भाइरस९कोभिड–१९० रोकथाम र नियन्त्रण तथा राहतका काम बाँकेमा एक साथ जारी रहेको छ ।

भारत र नेपालमा लक डाउन गरिएपनि भारतका विभिन्न स्थानबाट सीमा नाका पुगेर पनि अलपत्र परेपछि आजदेखि उनीहरुको व्यवस्थापन गरिदैछ ।


रुपैडिया पुगेका एक सय ८१ जनालाई भारतीय प्रहरीले गत मंगलबार राती नेपाली भूमिमा पु¥याइदिएपछि उनीहरु सुख्खा वन्दरगाह क्षेत्रमा विचल्लीमा परेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा उनीहरुलाई जहाँ छन् त्यहीं टेण्ट निर्माण गरेर क्वारेन्टाईनमा राख्ने तयारी गरिएको छ ।

नेपाल आर्मीको सहयोगमा टेण्ट उपलव्ध भएको हो । नेपाल सरकारले नेपाल प्रवेशमा अनुमती नदिएपछि जहाँ छन् त्यही टेण्ट राखेर परिक्षण गरिन लागीएको हो ।

आपको वगैंचामा राम्ररी खान र बस्न नपाएका उनीहरुलाई विभिन्न संघसंस्थाहरुले खानापानीको व्यवस्था गर्दै आएका थिए । ४५ वटा टेण्ट राखेर स्वास्थ्यकर्मी, खाना, पानी लगायतको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले जानकारी दिनु भयो ।

सम्वाद समूह बाँकेले सीमामा अलपत्र परेकाको उद्धार, क्वारेन्टाईनमा राखेर परिक्षण तथा उपचारका लागि अनुरोधसहितको आवश्यक सहजीकरणको पहल गरेको थियो ।

समूहका तर्फबाट शुक्रऋषि चौलागाईले पुर्वमन्त्री मो इस्तियाक राई, उपमहानगरपालिका उपप्रमुख एवं सम्वाद सदस्य उमा थापामगर, प्रमुख जिल्ला अधिकारी कुमार वहादुर खडका लगायत सरोकारवालासँग सम्वाद गर्नु भएपछि विहीबार व्यवस्थापनको ठोस कदम चालिएको छ ।
यसैबीच सम्वाद समूह सदस्य एवं प्रदेश सांसद कृष्णा केसी९नमूना०को पहलमा स्थापना गरिएको कोभीड १९ रिलीफ फण्ड बाँकेले स्थानीय तह मार्फत राहत प्रदान गरेको छ । दैनिक ज्यालादारी र मजदुरी गर्ने विपन्न परिवारको राहतका लागि प्रती स्थानीय तह ८६ हजार ५ सयका दरले आज खाद्यान्न वितरण गरिएको छ ।

राहत वितरण कार्यमा संलग्न नेकपाका यूवा नेता सुर्यप्रकाश घर्तीमगरका अनुसार–बीहीबार नरैनापुर, राप्तीसोनारी, वैजनाथ, खजुरा, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकामा १ हजार केजी चामल , २ सय केजी दाल , १ सय लिटर खाने तेल , १ सय केजी नुन , एक सय ३५ वटा नुहाउने साबुन गरेर प्रत्येक स्थानीय तहलाई ८६ हजार ५ सय रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री हस्तान्तरण गरिसकीएको छ ।

यस्तै डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा भोली राहत प्रदान गरिनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »