सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ललितपुरबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौं । ललितपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् ।

प्रहरीले मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललिपुर महानगरपालिका-२५ नख्खुबाट पक्राउ गरेको हो ।

भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको छ ।

उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु प्रयोगकर्ताका साथै बिक्रेतासमेत रहेको प्रहरीको दाबी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »