नेपालगञ्ज, नेपाल निजामती कर्मचारी संगठनका पुर्ब केन्द्रीय प्रतिनिधी केशव पौडेलले नेपालगञ्जका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/04/bimal1-1.jpg?fit=1024%2C730&ssl=1)
पौडेलले लोकप्रिय सन्देश दैनिकले पत्रिकार वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभिायन मार्फत ६ जना पत्रिका वितरकलाई शुक्रबार सहयोग गर्नुभएको हो ।
प्रति ब्यक्ति १० किलो चामल, दुईकिलो आलु, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल र एउटा सावुन सहयोग गरिएको लोकप्रिय सन्देशका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो ।
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/04/bimal1-3.jpg?fit=1024%2C730&ssl=1)
समस्यामा परेको अवस्थामा आवश्यक सहयोग गरेको भन्दै पत्रिका वितरकहरुले लोकप्रिय सन्देश दैनिक र सहयोगदाता पौडेलप्रति आभार प्रकट गरेका छन् ।
सहयोगदाता पौडेलले नगरभित्रका अति विपन्न परिवारलाई प्रत्यक्ष सहयोग गर्न पाएकोमा खुशी भएको बताउनुभयो ।