नेपालगञ्ज, नेकपाका युवानेता दिपक वर्माले नेपालगञ्जका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष समेत रहनुभएका वर्माले लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभियान मार्फत ६ जना पत्रिका वितरकलाई शनिबार सहयोग गर्नुभएको हो ।
प्रति ब्यक्ति १० किलो चामल, दुईकिलो आलु, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल, एक किलो प्याज र एउटा सावुन सहयोग गरिएको लोकप्रिय सन्देशका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो ।
वर्माले वडाभित्रका अति विपन्न ३७ घर परिवारलाई आफनै पहलमा राहत वितरण गर्नुभएको छ ।
वडा कार्यालयले विपन्न परिवारको पहिचान गरि राहत वितरण गरिरहेको छ । कारकादौंमा कोठा भाडामा बस्नेहरुलाई पनि सहयोग गर्न लागिएको वर्माले वताउनुभयो ।
समस्यामा परेका ब्यक्तिलाई सहयोग गर्नुपर्छ भन्ने ठानेर लोकप्रिय सन्देश मार्फत वितरकहरुलाई सहयोग गरिएको वर्माले बताउनुभयो ।