सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरामा स्वास्थ स्वयंसेबिका परिचालन


खजुरा,बाकेको खजुरा गाउँपालिकले कोरोना विरुद्धको अभियानका लागि खजुराका ८ वडाका स्वास्थ स्वयंसेबिका परिचालन गर्न लागेको छ ।

खजुरामा रहेका १ण्८ जना स्वयंसेबिकालाई भोलिदेखी परिचालन गर्न लागिएको खजुरा गाउँ पलिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो ।

त्यसको लागि आज वडा वडामा पुगेर उनीहरूलाई परामर्श दिइएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनु भयो ।

घर घरमा पुगेर उनीहरूले विवरण संकलन गर्नेछन् । सबै वडामा पुगेर उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृत केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिनुभयो ।

भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गर्नेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »