सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निशा बि.सी. र रामकुमार नेपालीको “ लुगा सिउने धागो ” भिडियो सहित सार्वजानिक

काठमाडौं । बहु प्रतिभाकी धनि निशा बि.सी र लोकप्रिय गायक रामकुमार नेपालीको कर्णप्रिय स्वरमा रहेको “लुगा सिउने धागो”बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ ।
निशा बि.सी.को शब्द ,संगीत रहेको यो गीतमा एरेन्जर रामकृष्ण थापा,रेकडिष्ट समिर कार्की,मिक्सिङ मास्टरिङ नरेन्द्र बियोगी रहनु भएको छ भने रेकर्डिङ वेभ स्टुडीयोमा गरिएको हो ।
यो गीतको भिडियोमा समेत निशा बि.सी. आफैंले अभिनय गरेकी छिन् । भिडियोमा सन्जिव ठकुरी र स्मृती गौतमको अभिनयले भिडियोलाई अझ उत्कृष्ट बनाउन मद्यत गरेको छ ।
मिलन श्रेष्ठले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा नृत्य निर्देशन सन्जिव ठकुरीले गरेका हुन भने छायांकनमा शन्तोष तिमल्सिना र श्रृंगारमा सिता क्षेत्रीले साथ दिएका छन् ।
धिताल फिल्मस् प्रा.लि.को डेक्समा रोशन धितालको सम्पादन रहेको यो गीतको भिडियो मिलन फिल्मस् प्रा.लि.ले निर्माण गरेको हो ।
यो गीतलाई निशा बि.सी.को अफिसियल युटुबबाट सार्वजानिक गरिएको छ ।
गीतमा सदावहार शब्द र भाका लाई संयोजन गर्ने प्रयत्न गरिएकोले आम दर्शक श्रोताको मन मुटुमा बस्न सफल हुने रचनाकार ,गायीका तथा मोडल निशा बि.सी.ले बताएकी छिन् ।
बि.सी. भन्छिन् “ हामिले सृजना गरेर भगवानरुपी आम दर्शकहरुको बिचमा लगेर छाडेका छौं,यसलाई कस्तो रुपमा हेर्ने उहाँहरुकै हातमा छ ” ।
गीतको भिडियो राम्रो बनेकोले सबैले मनपराउनेमा आफु आशावादी रहेको उनी बताउँछिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »