सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पैदल गस्ती

नेपालगन्ज, शीतलहर सुरु भएर चिसो अत्यधिक बढेको बेला बाँकेको राप्तीपारी नरैनापुरमा तस्करी तथा आपराधिक गतिविधि बढ्न नदिन सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सशस्त्र प्रहरी बल नम्बर ३० हेडक्वाटर बागेश्वरी गण अन्तर्गत रहेको कटकुया बिओपीले सीमा क्षेत्रबाट हुने तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो।

उहाँले सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार सीमामा पैदल गस्ती सुरु गरिएको जनाउँदै नरैनापुरको घोरदौरिया सीमा स्तम्भबाट सुरु भएको गस्ती भगवानपुर सीमास्तम्भ सम्ममा पुगेर दैनिक रूपमा अनुगमन गरिँदै आएको बताउनुभयो।

सशस्त्र प्रहरी नायब उपरीक्षक चन्दको कमान्डमा १५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो।

उहाँले पैदल गस्तीमा सीमा स्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिँदै आएको बताउनुभयो।

नरैनापुर ४ को नाका घोरदौरियास्थिति सीमा स्तम्भ ६३८/४ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर भगवानपुरमा पुगेको थियो। भारतसँग जोडिएको नरैनापुर बिओपीले ६३९÷२० सिमा स्तम्भको आठ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगमन र निरीक्षण गर्दै आएको छ।

सीमा स्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिँदै आएको प्रहरी नायव उपरीक्षक चन्दले बताउनुभयो।

सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा सुरु भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य अपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको स्थानीयले जनाएका छन्।

प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तर्क्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिवृद्धि गरी सीमा सुरक्षामा प्रभावकारिता बढाउन मातहतका निकायलाई निर्देशन दिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताउनुभयो।(गोरखापत्र अनलाइन)

भर्खरै

सम्बन्धित खबर

Language »