सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवाका कार्यपालिका सदस्यहरुले गरे बैठक बहिस्कार, गाउँसभा अन्योलमा


नेपालगञ्ज, बाँकेको डुडुवा गाउँपालिकाले आव्हान गरेको गाउँसभालाई कार्यपालिकाका सदस्यहरुले बहिस्कार गरेका छन् । यही पुष २६ गते डुडुवाले बोलाएको कार्यपालिकाका बैठक बहिस्कार गरेका बहुमतका सदस्य र वडाध्यक्षहरुले गाउँसभा बहिस्कार गरेका हुन् ।

कार्यपालिका सदस्य र वडाध्यक्षहरुसँग कुनै छलफलनै नगरी आफ्नो मनोमानी विधेयक र प्रस्ताव ल्याउन लागेको भन्दै बैठक बहिस्कार गरिएको उनीहरुले बताएका छन् ।

बहिस्कार गर्ने समूहको कार्यपालिका सदस्य शमुसद्दीन सल्मानीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न निर्णयसमेत गरेको छ । कार्यपालिका बैठक र गाउँसभामा विभिन्न असहमति भएकोले बैठक बहिस्कार गरिएको कार्यपालिका सदस्य जवन्ती महाउतले बताइन् ।

गाउँपालिकाले ल्याउन लागेको विधेय र प्रस्तावमा असहमति जनाउँदै ११ जनासहित बहुमतको कार्यपालिका सदस्यहरुले बैठकनै बसेर गाउँसभा बहिस्कार गरेको डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए ।

यसैगरी गाउँपालिकाले पालिका प्रहरी भर्ना गर्ने भन्दै ल्याउन लागेको विधेयकमा आफुहरुको असन्तुष्टि रहेको उनले जिकिर गरे । पालिका प्रहरीमा गाउँपालिका भन्दा बाहिरको नागरिकलाई मात्रै राख्ने गाउँपालिकाको मनशाय रहेकोले उक्त कार्य आफुहरुलाई स्वीकार्य नहुने वडाध्यक्ष मिश्रले बताए ।

उनले भने, ‘गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तानाशाही तरीकाले पालिका चलाउन खोजेका छन, त्यो मान्य हुँदैन ।, कमिशनको चक्करमा गाउँपालिकाभन्दा बाहिरका मान्छेलाई पालिका प्रहरीमा भर्ना गर्ने चलखेल गरिरहेका छन् ।,

भर्खरै

सम्बन्धित खबर

Language »