सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संजिवनीको मेसुमा डा.रोमन किदवाई


नेपालगन्ज, नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा.रोमन किदाई पाएका छन् । संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.किदवाईलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी प्रदान गरेको हो । प्रालिले माघ मसान्तभित्र आवेदन दिन पाउनेगरी विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टार्फ नर्सलगायत करिव ९ सय जनशक्ति माग गरेको छ । तीन सय शैया अस्पताल संचालनका लागि उक्त जनशक्ति माग गरिएको संजिवनीले जनाएको छ ।

तत्कालीन नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गर्दै उक्त अस्पताललाई व्यवस्थापन पक्षले संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि कायम गरिएको जनाएको छ । सोहीअनुसार पुष १५ गते साँझ नेपालगन्ज मेडिकल कलेजको वोर्ड हटाएर व्यवस्थापन पक्षले संजिवनीको वोर्ड झुन्ड्याएको थियो । आन्दोलनरत मेडिकल कलेजका कर्मचारीहरुले त्यसको ५ दिनपछि संजिवनीको वोर्ड हटाएर पुनः नेपालगन्ज मेडिकल कलेजको वोर्ड झुन्ड्याएका छन् ।

कर्मचारीहरुले गएको मंसिर २६ गतेदेखि तलववृद्धि लगायतका माग राखेर आन्दोलन गरिरहेकै बेला अस्पतालको नाम हेरफेर भएको हो । लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तरगत अव कोहलपुरमा मात्रै नेपालगन्ज मेडिकल कलेज कोहलपुर र चिसापानी कायम भएको छ । नेपालगन्ज मेडिकल कलेजको ५० प्रतिशत भन्दा बढी शेयर मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले किनेको ८ महिनापछि कलेज व्यवस्थापनले अस्पताललाई नयाँ ढंगबाट संचालनको तयारी सुरु गरेको हो । नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक डा.किदवाईलाई संजिवनीमा व्यवस्थापनको जिम्मेवारी थप भएसँगै नयाँ अस्पताललाई व्यवस्थित तरिकाले संचालन गर्ने गरी काम गरिने किदवाईले बताए । (स्वास्थ्य पेज)

भर्खरै

सम्बन्धित खबर

Language »