सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : उपप्रमुख सुनिता डंगोल

काठमाडौं / काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् । सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सबैभन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताएकी हुन् ।

डंगोलले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैँ ट्याक्समात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउँछ, कानूनमा मात्र बसाल्छ भन्ने लाग्न सक्छ । तर, स्थानीय सरकार भनेको जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी समुदायलाई चिनेको बुझेको सरकार हो भनेर आभाष गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौं महानगरपालिकाले फास्टफुडकै कम्पनीहरूसँग आवद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौं ।’

यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैँ तत्पर रहेको बताइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »