काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ७१६ पुगेको छ ।
पछिल्लाे तथ्याङ्क हेर्ने हाे भने काेराेनाका कारण मृत्यु हुनेकाे संख्याले भाेलि (शनिबार) नै एक लाख नाघ्ने देखिन्छ । केहि साता यतादेखि दिनहुँ ७ हजारभन्दा बढीले काेराेनाका कारण ज्यान गुमाइराखेका छन् ।
संक्रमण हुनेकाे संख्या भने १६ लाख नाघेकाे छ । अहिलेसम्म विश्वभर १६ लाख ३४ हजार ४३३ जना काेराेनाबाट संक्रमित भएकाे वर्ल्डो मिटर्स जनाएकाे छ । सङ्क्रमितमध्ये ३ लाख ६९ हजार ४४० जना भने उपचारपछि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २७७ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४९ हजार १२५ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन्।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, अमेरिका, स्पेन त्यसपछि फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार २७९ पुगेको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६१० जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ४३ हजारभन्दा बढीमा कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये २८ हजार ४७० जना भने पूर्णरुपमा निको भएका छन् । अहिले त्यहाँ ९६ हजारभन्द बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये २ हजार २७७ काे अवस्था गम्भीर रहेको छ ।
सबैभन्दा बढी काेराेना संक्रमण हुने देश हाे अमेरिका । मृत्यु हुनेमा भने अमेरिका दाेस्राे नम्बरमा पर्छ । अहिलेसम्म अमेरिकामा ४ लाख ६८ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । बिहीबार मात्रै अमेरिकामा ३३ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म अमेरिकामा काेराेनाबाट १६ हजार ६९१ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र अमेरिकामा १ हजार ९ सय जानकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये २५ हजार ९२८ जान भने पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ४ लाख २५ हजारभन्द बढीमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १० हजारकाे भने अवस्था गम्भीर रहेकाे छ ।
काेराेनाले भयवह पारेकाे अर्काे देश हाे स्पेन । स्पेनमा अहिलेसम्म काेराेनाका कारण १४ हजारभन्दा बढीकाे ज्यान गइसकेको छ भने १ लाख ५३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६५५ जनाको ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी थप नयाँ संक्रमित भेटिएका छन् ।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/04/data.jpg)