युएई । राजनीतिज्ञ सामाजिक अभियान्ता तथा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का ईकाई सभापति रामप्रसाद न्यौपाने सम्मानित भएका छन ।
शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय समाजसेवी सम्मानबाट प्रमुख अतिथि युएई सरकारका बरिष्ठ अघिकृत वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले न्यौपानेलाई सम्मान गरेका हुन् ।
राजनीतिक एवम् सामाजिक चेतका धनी न्यौपाने देशलाई आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध भई समाज रुपान्तरण र समाजिक पुँजी निर्माणको कार्यमा लामो समयदेखि सक्रिय रुपमा भूमिका निर्वाह गर्दै समाजिक जनचेतनामूलक कार्यहरु, धर्म संस्कृति र रितिरिवाजको जगेर्ना, प्राकृतिक विपत्ती तथा प्रकोपहरुमा मानवीय सहायता गर्दै बिगत लामो समयदेखि सामुदायिक सेवा केन्द्रमा आवद्व रहेर समाजमा शान्ति सुरक्षा कायम गर्ने लगाएतको महत्त्वपूर्ण योगदान स्वरुप न्यौपानेको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।
उक्त अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष राम चन्द्र पोखरेलले एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको बताए ।









