डुडुवा (बाँके) १८ माघ । बाँकेको डुडुवा गाउँपलिकाका विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण गरिएको छ ।
गाउँपालिकाको सहयोगमा सामुहिक अभियान नेपालको सहजीकरणमा गाउँपलिका अन्र्तगत रहेका विद्यालयहरुका विद्यार्थीलाई बालमैत्री स्थानीय शासनबारे जानकारी गराइएको हो ।

अभिमुखीकरणमा बाल अधिकार, स्थानीय शासन, स्थानीयतहको सेवा सुविधा, बाल संरक्षण तथा सम्वद्र्धन, बालमैत्री बाताबरण, बालविकास तथा सहभागिता लगायत का विषयमा तेज विक्रम शाहले सहजीकरण गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बाल अधिकारसंग जोडिएका सामान्य विषयमा जानकारी हुनुपर्ने भएकाले यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्तगर्नुभयो । उहाँले बालबालिकाले आफ्नो अधिकार बारे जानकारी पाएमा आफै पैरवीतथा समाज जागरणमा विशेष भुमिका निर्वाह गर्न सक्षमहुने बताउनुभयो ।

अभिमुखीकरणमा डुडुवा अन्र्तगत रहेका विद्यालयका कक्षा ६ देखि १० कक्षा सम्म का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अभिमुखीकरणको शुभारम्भमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय कुमार कर्ण, स्वास्थ्य शाखा प्रमुख हेमन्तशर्मा, शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावत, सामुहिक अभियान नेपालका अध्यक्ष केसु पोखरेल, सचिव तारा वली, महिला अधिकारकर्मी लक्ष्मी पोखरेल, कृष्णा कार्कीले बालबालिकासंग जोडिएका विभिन्न विषयमा आ–आफ्नो धारणा व्यक्तगर्नु भएको थियो ।
बाँकेको डुडुवा, राप्ती सोनारी र जानकीगाउँपालिका मा विद्यालयका विद्यार्थी लक्षित कार्यक्रम गरिने अभियान का अध्यक्ष पोखरेलले बताउनुभयो ।








