सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंको बाइपासमा युवक मृत फेला

काठमाडौं । काठमाडौंको बाइपासमा एक युवक मृत भेटिएका छन्।

गएराति पौने १२ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५/२६ वर्षका युवक मृत भेटिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा उनी मृत भेटिएका थिए।ती युवकको साथबाट राहदानी भेटिएको र त्यसमा रहेका विवरणका आधारमा उनको आफन्तहरू खोज्ने प्रयास भइरहेको छ।

शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी बोहराले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »