सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु

काठमाडौं । महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ।

आगजनी घटनाको अभियोगमा कारागारमा सजाय भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो। 

कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार अचानक पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो।

‘उनले ग्यासको ट्याब्लेट खाँदै आएका थिए । राति अचानक बेस्सरी पेट पेट दुख्यो । प्रादेशिक अस्पताल जलेश्वरमा हामीले अस्पताल भर्ना गरायौँ । उपचारको क्रममा राति २:३० बजेतिर डाक्टरले मृत घोषणा गरिदियो,’ क्षेत्रीले भने ।

२०३८ सालमा गाउँकै एकजनाको खेतमा भएको आगजनी घटना अभियोगमा धनुषा जिल्ला दालतले उनलाई दोषी ठहर गरेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »